logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:06 PM

  • अब नेपाल एयरलाइन्सले नेपाल-अस्ट्रेलिया सिधा उडान भर्ने

    अब नेपाल एयरलाइन्सले नेपाल-अस्ट्रेलिया सिधा उडान भर्ने


    पर्यटन नेपाल

    बुधबार, ४ पुष २०८०


    काठमाडौँ । नेपाल वायुसेवा निगम ( नेपाल एयरलाइन्स) ले नेपाल-अस्ट्रेलिया सिधा उडान भर्ने भएको छ ।

    अस्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाइसकेको र अब अस्ट्रेलियन नागरिक उड्डयनसँग उडान अनुमतिको प्रतीक्षामा रहेको निगमले जनाएको छ ।

    सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि स्लट दिइसकेको छ तर निगम अब अनुमति पत्रको प्रतीक्षा छ ।

    उडान अनुमतिका लागि नेपाल सरकार, पर्यटन मन्त्रालय र नेपाल एयरलाइन्सले प्रक्रिया पूरा गरेको र दूतावासले सहजीकरण गरिरहेको निगमले जनाएको छ ।

    सन् २०१९ मा नेपाल र अस्ट्रेलियाबीच हवाई सम्झौता भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend