logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:02 AM

  • लाभांश वितरण गर्ने गरिमा विकास बैंककाे घाेषणा

    लाभांश वितरण गर्ने गरिमा विकास बैंककाे घाेषणा


    पर्यटन नेपाल

    बिहिबार, ५ पुष २०८०


    काठमाडौँ । गरिमा विकास बैंकले सेयरधनीहरुलाई १०% लाभांश वितरणको घोषणा गरेको छ ।

    बुधबार बसेको बैंक सञ्चालक समितिकाे बैठकले गत वर्षको नाफाबाट ९.५०% बोनस सेयर र कर प्रयोजनाका लागि ०.५०% नगद लाभांश दिने निर्णय गरेको हो ।

    बैंकले ४९ करोड २८ लाख ३० हजार २७० रुपैयाँ बराबरको बोनस र २ करोड ५९ लाख ३८ हजार ४३५ रुपैयाँ नगद लाभांशमा खर्च गर्ने जनाएको छ ।

    राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भइ र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई बोनस वितरण गरिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend