काठमाडौँ । नेपाल एयरलाइन्सले चिनियाँ जहाज बिक्री गर्न फेरि प्रस्ताव आह्वान गरेको छ ।
पटक पटकको प्रस्ताव आह्वानमा जहाज बिक्री नभएपछि निगमले फेरि प्रस्ताव आह्वान गरेको हो । निगमले ५ वटा जहाज लिलामीको सूचना जारी गरेकाे छ ।
नेपाल एयरलाइन्सले दुईवटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न बिहीबार सार्वजनिक प्रस्ताव आह्वान गरेको हो ।
निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड रहेका यी जहाज जहाँ जे जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा बेच्न प्रस्ताव मागेको हो । जसले बढी मूल्य कबुल गर्छ, उसैले जहाज पाउने गरी जहाज बिक्री गर्न लागिएको निगमले जारी गरेको सूचनामा उल्लेख छ ।
जहाज विक्री गर्न निगमले विहीबार गोप्य सिलबन्दी टेन्डर आह्वान गरेको छ ।