logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:56 AM

  • काठमाडौँबाट थाइल्याण्डको पर्यटकीय केन्द्र फुकेटमा सिधा चार्टर्ड उडान हुने

    काठमाडौँबाट थाइल्याण्डको पर्यटकीय केन्द्र फुकेटमा सिधा चार्टर्ड उडान हुने


    पर्यटन नेपाल

    शनिबार, ७ पुष २०८०


    काठमाडौँ । काठमाडौँबाट थाइल्याण्डको चर्चित पर्यटकीय केन्द्र फुकेटमा सिधा चार्टर्ड उडान हुने भएको छ । रुप्से होलिडेजले आगामी २१ जनवरीमा हिमालय एयरलाइन्सको जहाजबाट काठमाडौं–फुकेट सिधा उडान गर्न लागेको बताएको छ ।

    यसअघि यो कम्पनीले काठमाडौँ-भियतनाम रुटमा तीन वटा चार्टर्ड सिधा उडान गरेको थियो । रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले इतिहासमै पहिलो पटक दुई पर्यटकीय केन्द्रलाई सिधा उडानमा जोड्न थालिएको बताए ।

    उनका अनुसार यो उडानबाट नेपाली पर्यटकलाई सोझै फुकेट लैजाने र फुकेटबाट विभिन्न देशका पर्यटकलाई काठमाडौँ ल्याउने योजना छ । थाइल्याण्डको समुन्द्री तटमा रहेको यो शहर एशियाको पर्यटकीय केन्द्र मानिन्छ । फुकेटले हरेक वर्ष हजारौं पर्यटकलाई स्वागत गर्छ ।

    कम्पनीका अनुसार यो उडानको एकतर्फी भाडा प्रतिव्यक्ति ३५ हजार नेपाली रुपैयाँ तोकिएको छ । यो उडानको दूरी ३ घण्टा १० मिनेटको हुने छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend