logo

बुधबार, १२ कार्तिक २०८३

logo

बुधबार, १२ कार्तिक २०८३   |   08:15 AM

  • साैराहामा चितवन पर्यटन तथा हात्ती महोत्सव हुँदै

    साैराहामा चितवन पर्यटन तथा हात्ती महोत्सव हुँदै


    पर्यटन नेपाल

    आइतबार, ८ पुष २०८०


    काठमाडाैँ । चितवनकाे सौराहामा `चितवन पर्यटन तथा हात्ती महोत्सव´ हुने भएको छ ।

    महोत्सव पुस १० गतेदेखि १४ गतेसम्म सञ्चालन हुने भएकाे हाे ।

    चितवनको सौराहामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्धनका लागि क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन स.सं.लि.र रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपालको सह-आयोजनामा महोत्सव हुने आयोजकले जनाएको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै होटल एशोसिएशन नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठले कोराना भाइरसको महामारीबाट रोकिन गएको महोत्सव फेरि शुरु गर्न लागेको बताए ।

    विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकलाई आकर्षित गराउँदै चितवनको पर्यटन क्षेत्रलाई महत्त्वपूर्ण गन्तव्य स्थलको रूपमा चिनारी गराउनुसमेत यो महोत्सवको अभिप्राय रहेको बताए ।

    उनले पर्या–-पर्यटन सम्बन्धित गतिविधि र स्थानीय उत्पादनलाई बजारीकरण गर्दै राष्ट्रिय स्तरसम्म पहिचान गराउन सक्नु महोत्सवको लक्ष्य रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend