काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बुधबार बाँडफाँट हुने भएको छ ।
बिक्री प्रवन्धक एनएमबी क्यापिटलले एक कार्यक्रम आयोजना गरी बुधबार बिहान १० बजे आईपीओ बाँडफाँट गर्ने भएको हो ।
यो आइपिओ आवेदन स्वीकृत भएका सबैले पाउने भएका छन् । कम्पनीको आईपीओमा कुल १६ लाख ६० हजार २२ जनाले आवेदन दिएका छन् ।
यीमध्ये केही आवेदन रद्द हुन सक्नेछन् । कम्पनीले कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि कम्पनीले आवेदन खुलाएको थियो । यसमा ३ करोड २२ लाख १५ हजार ७० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका छन् । ६ अर्ब ६३ करोड रुपैयाँ आवेदकको बैंक खातामा रोक्का भएको छ ।