logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • बालकुमारीमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु

    बालकुमारीमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु


    पर्यटन नेपाल

    शुक्रबार, १३ पुष २०८०


    काठमाडौँ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

    किस्ट अस्पतालमा लगिएका एक जना गम्भीर घाइते भएका युुवकको मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । अर्का एक जना गम्भीर घाइते छन् ।

    अर्का घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको उपत्यका प्रहरीले जनाएको छ । प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए ।

    भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend