logo

मंगलबार, ११ कार्तिक २०८३

logo

मंगलबार, ११ कार्तिक २०८३   |   10:07 PM

  • भौतिक मन्त्री ज्वालाको गाडीमा आगजनी, १७ जना पक्राउ, एक जनाको मृत्यु

    भौतिक मन्त्री ज्वालाको गाडीमा आगजनी, १७ जना पक्राउ, एक जनाको मृत्यु


    पर्यटन नेपाल

    शुक्रबार, १३ पुष २०८०


    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा केही युवाहरूले आगजनी गरेका छन् ।

    शुक्रवार दिउँसो ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका हुन् ।

    उनीहरूले मन्त्री ज्वालाको बा२झ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो झोसेका थिए ।

    ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरू बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए । प्रहरीले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेको आरोपमा १७ जनालाई पक्राउ गरेको छ ।

    उक्त आन्दोलनको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । गोली लागेर मृत्यु हुने दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउत रहेका छन्। अर्का एक जना गम्भीर घाइते छन् ।

    अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend