काठमाडौँ । ललितपुरको बालकुमारीमा भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी गरेको आरोपमा प्रहरीले ५४ जनालाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार दिउँसो ललितपुरको ग्वार्को–बालकुमारीमा मन्त्री ज्वालाको गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले ५४ जनालाई नियन्त्रणमा लिएको हो ।
ईपिएसका परीक्षार्थीहरूले मन्त्री ज्वाला चढ्ने बा२झ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
प्रहरीले आन्दोलनकारीमाथि अश्रुग्यास र गोलीसमेत चलाएको थियो ।
आन्दोलनले उग्ररुप लिएपछि प्रहरीले गोलि चलाउँदा दैलेखका २३ वर्षिय सुजन रावतको मृत्य भएको छ ।