logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:57 AM

  • लुम्बिनीमा विदेशी पर्यटकलाई ढाका टोपीले स्वागत

    लुम्बिनीमा विदेशी पर्यटकलाई ढाका टोपीले स्वागत

    आज ४४औँ विश्व पर्यटन दिवस


    पर्यटन नेपाल

    बुधबार, १० असोज २०८०


    काठमाडौँ । आज ४४औँ विश्व पर्यटन दिवस । यो विशेष अवसर पारेर रुपन्देहीको बेलहिया नाका र लुम्बिनीमा विदेशी पर्यटकलाई स्वागत गरिएको छ ।

    सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको स्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष सोहि दिन विश्व पर्यटन दिवस मनाउँदै आइएको हो ।

    नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) लुम्बिनीले बेलहिया नाकाबाट ५ जना विदेशी पर्यटकलाई स्वागत गरेको हो ।

    विदेशी पर्यटकमाझ सकारात्मक सन्देश प्रवाह गर्न जापानी मूलका ५ अमेरिकी नागरिकलाई नेपाली संस्कृति अनुसार ढाका टोपी, रातो टीका र खादा लगाइदिएर स्वागत गरेको नाट्टाले जनाएको छ ।

    आज दिनभरि नै पर्यटन दिवस हर्ष उल्लासका साथ मनाउने तयारी रहेको छ । ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा बुधवार (आज) बिहान पर्यटकलाई स्वागत गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend