logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • काठमाडौँ विमानस्थलको विकल्प खोज्नु खोज्नुपर्ने छ : पर्यटन मन्त्री किराँती

    काठमाडौँ विमानस्थलको विकल्प खोज्नु खोज्नुपर्ने छ : पर्यटन मन्त्री किराँती


    पर्यटन नेपाल

    शुक्रबार, १३ पुष २०८०


    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बेला आएको बताएका छन् ।

    शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताएका हुन् ।

    उनले अबको १० वर्ष भित्रमा यो विमानस्थलबाट यात्रुको चाप थेग्न धेरै समस्या हुने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जति लगानी थपे पनि अब समयको माग अनुरूप परिणाम दिन नसक्ने उनले बताए ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ विमानस्थल र पोखरा, निजगढ, भैरहवा र काठमाडौँको विमानस्थललाई पीपीपी मोडलमा लाने गरी प्रक्रिया अगाडि बढाएको पनि उनको भनाइ छ ।

    मन्त्री किराँतीले युरोपियन युनियनले नेपाललाई कालोसूचीमा राख्नका कारण १२ बुँदामा लेखेर पठाएको भन्दै सो बुँदा सच्याएमा कालोसूचीबाट हटाउने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend