काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थगित गरेको प्याराग्लाइडिङ उडान पुनः सञ्चालन हुने भएको छ ।
क्यानले आफूले तोकेको स्थानबाट उडान पुनः सञ्चालन गर्न दिने निर्णय शुक्रबार गरेको हो ।
क्यानले शुक्रबार नेपाल हवाई खेलकुद संस्था पोखरालाई पठाएको पत्रमा उल्लेख गरेको छ, ‘उडान सुरक्षालाई उच्च प्राथमिकता दिई फर्स्ट कम फर्स्ट सर्भिस तथा प्राधिकरणबाट प्रदान गरिएको अधिकार क्षेत्रभित्र रहि सुरक्षित स्लट र तालिका व्यवस्थापनमा प्राधिकरणबाट तोकिएको स्थान मान्द्रेढुंगा क्षेत्रबाट पुनः उडान सञ्चालन गर्न गराउन दिने निर्णय भएको छ ।’
नेपाल हवाई खेलकुद संस्था पोखराका पदाधिकारीसँग विवादपछि क्यानले उसलाई मंसिर गत २९ देखि प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो ।