logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:46 AM

  • तनहुँको डुम्रे बजारबाट विदेशी पर्यटक तीन दिनदेखि सम्पर्कविहीन

    तनहुँको डुम्रे बजारबाट विदेशी पर्यटक तीन दिनदेखि सम्पर्कविहीन


    पर्यटन नेपाल

    शनिबार, १४ पुष २०८०


    तनहुँ । बन्दीपुर गाउँपालिका-१ स्थित डुम्रे बजारबाट एक विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । क्यानडाका किल्क मिल्हौसेन तीन दिनदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

    पोखराबाट काठमाडौँ जाने क्रममा मिल्हौसेन डुम्रे बजारमा झरेको र त्यसपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बन्दीपुरस्थित पर्यटन प्रहरी कार्यालयले बन्दीपुरका पर्यटन तथा होटल व्यवसायीलाई निजको खोजतलासमा सहयोग गर्न आग्रह गरेको पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए ।

    उनले भने, “उहाँ चढेको गाडीमा उहाँको सामान थियो, सामान काठमाडौँ पुगेको छ । उहाँ डुम्रे बजारमा झरेपछि सम्पर्कविहीन भएको खबर आएको छ । खोजतलासका लागि हामीले पनि सहकार्य गरेका छौँ ।”

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend