logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • मर्दी जाने पदयात्रीका लागि शुल्क उठाउन बनाएको सूचना केन्द्र व्यवसायीद्धारा आइतबार तोडफोड

    मर्दी जाने पदयात्रीका लागि शुल्क उठाउन बनाएको सूचना केन्द्र व्यवसायीद्धारा आइतबार तोडफोड


    पर्यटन नेपाल

    आइतबार, १५ पुष २०८०


    पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले मर्दी पदयात्रामा जाने पदयात्रीका लागि शुल्क उठाउन बनाएको सूचना केन्द्र व्यवसायीले आइतबार तोडफोड गरेका छन् ।

    पालिकाले शुल्क उठाउँदा पर्यटकको संख्या घटेको भन्दै उनीहरुले हुमाल (हुक्याम्प) मा रहेको सूचना केन्द्रमा तोडफोड गर्नुका साथै कागजात पनि लिएर गएका गाउँपालिकाका प्रवक्ता गणेश आचार्यले जानकारी दिए ।

    गाउँपालिकाले कात्तिक १७ गतेबाट मर्दी पदयात्रामा जाने स्वदेशी तथा विदेशी पर्यटकसँग शुल्क उठाउन सुरु गरेको थियो । गाउँपालिकाका तर्फबाट लोक्याम्पमा २ जना कर्मचारी शुल्क उठाउन खटाइएको थियो ।

    गाउँपालिकाभित्र रहेका पदमार्गमा शुल्क उठाउने निर्णय हालैको गाउँसभाले गरेको थियो । प्रवेश शुल्क उठाउन गाउँसभाबाट आर्थिक ऐन २०८० पारित गरिएको थियो । उक्त ऐन अनुसार पालिकाले गत कात्तिकदेखि स्वदेशी पर्यटकसँग १०० रुपैयाँ र विदेशी पर्यटकसँग ५०० रुपैयाँ उठाउँदै आएको थियो ।

    माछापुच्छ्रे मोडल ट्रेलका लागि मर्दी हिमाल हुमालमा र खुमैं–कोर्चाङ पदयात्राका लागि लुब्रकुमा गाउँपालिकाले शुल्क उठाउँदै आएको छ । पालिकाले शुल्क उठाउन सुरु गरेको पहिलो महिनामै १२ लाख रुपैयाँ संकलन गरेको थियो ।

    तोडफोडबारे माछापुछ्रे गाउँपालिकाको विज्ञप्ति हेर्नुहोस् :

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend