logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:28 AM

  • जापानमा दुुई जहाज एकापसमा ठोकिँदा आगलागी, पाँच जनाको मृत्यु, सबै उडान स्थगित

    जापानमा दुुई जहाज एकापसमा ठोकिँदा आगलागी, पाँच जनाको मृत्यु, सबै उडान स्थगित


    पर्यटन नेपाल

    बुधबार, १८ पुष २०८०


    काठमाडौँ । जापानको हानेदा विमानस्थलमा भएको दुर्घटनापछि त्यहाँबाट हुने सबै उडानहरु अवरुद्ध भएका छन् ।

    मंगलबार हानेदा एयरपोर्टमा जापान एयरलाइन्सको एक विमान अवतरण गर्ने क्रममा अर्को एक तटरक्षक विमान (कोस्ट गार्ड)सँग ठोक्किएर आगलागी भएको थियो ।

    सो घटनामा पाँच जनाको मृत्यु भएको छ । अन्य ३७९ जना यात्रु र चालक दलका सदस्यहरुलाई भने सकुशल उद्धार गरिएको थियो ।

    यो घटनापछि मंगलबारका लागि पूर्वनिर्धारित उडानहरु स्थगित भएका जापानको सरकारी सञ्चार माध्यम एनएचकेले जनाएको छ । हानेदा एयरपोर्टबाट हुने करिब एक सय उडानहरु स्थगित गरी बुधबारका लागि सारिएको छ । यसबाट करिब १० हजार यात्रुहरु प्रभावित भएका छन् ।

    यसैगरी जापान एयरलाइन्सले पनि आफ्ना ४४ उडानहरु स्थगित गरेको एनएचकेले जनाएको छ । उडान रद्द हुँदा समस्यामा परेका यात्रुहरुका लागि सरकारले थप बुलेट ट्रेनको व्यवस्था गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend