logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:06 AM

  • ११ महिनामा एक करोड १९ लाख यात्रुद्वारा हवाई यात्रा

    ११ महिनामा एक करोड १९ लाख यात्रुद्वारा हवाई यात्रा


    पर्यटन नेपाल

    बुधबार, १८ पुष २०८०


    काठमाडौँ । सन् २०२३ को नोभेम्बरसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा गरी एक करोड १९ लाख ४८ हजारले यात्रा गरेका छन् ।

    सो अवधिमा अन्तर्राष्ट्रिय उडानतर्फ ४१ लाख ९४ हजार २९३ जनाले यात्रा गरेका छन्। उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् यात्रा गरेका हुन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो संख्या सन् २०२२ को तुलनामा ४१ प्रतिशतले बढी हो। २०२२ मा २९ लाख ४५ हजार ५४० जनाले हवाई यात्रा गरेका थिए ।

    हाल नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या ३० रहेको छ। नेपालबाट १६ देशका ३३ वटा अन्तर्राष्ट्रिय गन्तव्यहरूमा नियमित उडान भइरहेको छ ।

    त्यस्तै आन्तरिकतर्फ २०२३ को नोभेम्बरसम्म ७७ लाख ९४ हजार २१७ जनाले हवाई यात्रा गरेका छन्। यो संख्या २०२२ को तुलनामा ३७ प्रतिशतले बढी हो ।

    २०२२ मा आन्तरिकतर्फ ५६ लाख ६८ हजार ९१४ जनाले यात्रा गरेका थिए ।

    प्राधिकरणबाट २१ वटा वायुसेवा कम्पनीले सञ्चालन अनुमति पाए पनि हाल १९ वटा कम्पनीले मात्र उडान गरिरहेका छन्। देशभर विमानस्थलको संख्या ५५ पुगेको छ ।

    यसमध्ये ३५ वटा विमानस्थलहरू आन्तरिक हवाई सेवा सञ्चालनमा जोडिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend