logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा नेपाल वायुसेवा निगमका क्याप्टेन शाहविरूद्ध मुद्दा दायर

    नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा नेपाल वायुसेवा निगमका क्याप्टेन शाहविरूद्ध मुद्दा दायर


    पर्यटन नेपाल

    बिहिबार, १९ पुष २०८०


    काठमाडौँ । नेपाल वायुसेवा निगमका विमान चालक सम्राटबहादुर शाहविरूद्ध मुद्दा दायर भएको छ ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार (आज) विशेष अदालतमा नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा शाहविरूद्ध मुद्दा दायर गरेको हो ।

    शाह २०७१ फागुन १० गते नेपाल वायुसेवा निगममा जुनियर क्याप्टेनको रूपमा नियुक्त भएका थिए । पछि आठौं तहको विमान चालक (क्याप्टेन) पदमा बढुवा भएका थिए । त्यसैबीच उनको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी परेको थियो ।

    शाहले भारतको सेकेन्डरी एडुकेशन काउन्सिल, उत्तरप्रदेश अन्तर्गत भि.एस.जे इन्टर कलेज साराहारी गोरखपुरबाट इन्टरमिडियट एग्जामिनेशन, २००३ (प्राइभेट परीक्षा) प्रथम श्रेणीमा उत्तीर्ण भएको प्रमाणपत्र पेश गरेका थिए । अनुसन्धानको क्रममा उक्त प्रमाणपत्र नक्कली भएको पाइएको छ ।

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको ओहोदा लिएको भन्दै उनलाई ५ महिनादेखि एक वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवानाको सजाय मागदाबी गरेको छ ।

    उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम सजाय माग दाबीसहित मुद्दा दायर गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend