काठमाडौँ । नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सम्पन्न भएको छ ।
बिहिवार (आज) सिंहदरवारमा नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सम्मन्न भएको हो ।
आजको उक्त बैठकमा नेपाल र भारतबीच चार वटा सहमतिमा हस्ताक्षरसमेत भएको छ । उर्जा व्यापार सम्झौतासहितका चार वटा सहमतिमा हस्ताक्षर भएको हो ।
परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री जयशंकरको उपस्थितिमा उर्जा व्यापारमा सम्झौता भएको छ । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने, नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने, नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीर न्यू स्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा भारतले उक्त स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई सहयोग गर्ने र हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट ९एचआईसीडीपी० कार्यान्वयनमा हस्ताक्षर भएको छ ।