logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:59 AM

  • कर्मचारी अभावले अदालतको सेवा प्रवाहमा समस्या

    कर्मचारी अभावले अदालतको सेवा प्रवाहमा समस्या


    पर्यटन नेपाल

    शनिबार, २१ पुष २०८०


    लमजुङ । बेँसीसहर नगरपालिका-८ स्थित जिल्ला अदालतमा दरबन्दीअनुसार कर्मचारी अभावमा दैनिक सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।

    दरबन्दीअनुसार ३० कर्मचारी हुनुपर्ने सो अदालतमा २० कर्मचारी हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको हो ।

    जिल्ला अदालतका श्रेस्तेदार भेषराज पौडेलका अनुसार विभिन्न पदका १० कर्मचारी एक वर्षदेखि छैनन् । डिठ्ठा र तामेलदार पदमा छ–छ जनाको दरबन्दी भए पनि हाल तीन–तीन जनामात्र छन् ।

    पाँच जनाको दरबन्दी रहेको नायबसुब्बामा हाल तीनमात्र छन् भने अन्य एक कर्मचारी छैनन् ।

    केही महिनाअघिसम्म पाँच नायबसुब्बा रहेपनि दुई जनालाई र अर्का एक कम्प्युटर अपरेटरलाई पनि सर्वोच्च अदालतमा तानेपछि ती पद रिक्त रहेका छन् । अर्का एक लेखापाल पोखरा सरुवा भएकाले सो पद पनि खाली छ ।

    दरबन्दीअनुसार कर्मचारी नहुँदा ४ बजे कार्यालय बन्द हुने भए पनि बेलुका ६ बजेसम्म पनि बसेर काम गर्नुपर्ने, ठगी मुद्दा धेरै भएकाले हेर्न समस्या भएको, तत्काल सक्नुपर्ने काममा ढिलाइ भएको र मुद्दा फैसलामा पनि ढिलाइ भएको उनको भनाइ थियो ।

    कामको भार बढेकाले आजको काम भोलि र भोलिको काम पर्सि गर्नुपर्दा सेवा प्रवाहमा समस्या भएकाले सर्वोच्च अदालत र लोकसेवा आयोगको कार्यालयमा अवश्यक कर्मचारी उपलब्ध गराउन पत्र पठाए पनि कुनै सम्बोधन नभएको श्रेस्तेदार पौडेलले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend