काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवारहरु टुंग्याएको छ । आइतबार बसेको पदाधिकारी बैठकले ६ जनाको नाम तय गरेको हो ।
जसमा कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डाकीबाट मनरुपा शर्मा, लम्बिनीबाट झक्कु सुवेदी, कर्णालीबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट रेणु चन्द उम्मेदवार चयन भएका हुन् ।
राष्ट्रियसभा चुनावबाट चयन हुने १९ सिट मध्ये ६ सिट माओवादीले पाएको छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि २३ पुसमा मनोनयन दर्ता हुने छ ।