काठमडौँ । यती एयरलाइन्सले सञ्चालन गरेको ‘महोत्सवको बहार, यतीको उडानमा शान्दार उपहार’ चाडपर्व–विशेष अफरको बम्पर उपहार धनमाया राईले जितेकी छन् ।
यतीले फेसबुक लाइभमार्फत् गरेको ‘लक्की ड्र’ मा राईले बजाज कम्पनीको तर्फबाट ३ लाख ३९ हजार ९ सय रूपैयाँ मूल्य बराबरको पल्सर एनएस २०० सिसिको मोटरसाइकल प्राप्त गरेकी हुन् । राईले यती एयरलाइन्समा कात्तिक ९ गते काठमाडौं–विराटनगर उडान गरेकी थिइन् ।
यस्तै, दोस्रो पुरस्कार बिन्दा श्रेष्ठले हात पारेकी छिन् । उनले थाइलायन एअरको तर्फबाट दुई जनाको लागि बैंकक (थाइल्याण्ड)को दुईतर्फी हवाई टिकट प्राप्त गरेकी छिन् । श्रेष्ठले यती एयरलाइन्समार्फत् कात्तिक २१ गते विराटनगर–काठमाडौं उडान गरेकी थिइन् ।
यसैगरी, तेस्रो पुरस्कार कात्तिक २७ गते काठमाडौं–भैरहवा उडान गरेकी तिर्थकुमारी भण्डारीले प्राप्त गरेकी छन् । तेस्रो पुरस्कारको रुपमा भण्डारीले एक लाख ५ हजार मूल्य बराबरको एलजीको वासिङ मसिन जितेकी हुन् ।
त्यस्तै, चौथो पुरस्कार आयुष पौडेलले हात परेका छन् । उनले बालाजी डाइमण्डको तर्फबाट ८२ हजार रूपैयाँ मूल्य बराबरको हिराको टप प्राप्त गरेका हुन् । उनले कात्तिक ७ गते पोखरा–काठमाडौं उडान गरेका थिए ।
सोही योजना अन्तर्गत यती मोबाइल एप वा बेवसाइटमार्फत् टिकट काटी उड्ने यात्रुहरूमध्ये विमल कर्मचार्य र अभिशेख अमनले सिदार्थ बुटिक होटलको जोडीसहित ‘नाइट स्टे’ प्राप्त गरेका छन् ।
त्यस्तै, अर्जुन सिंह र निलम कुमारी महतोले फार्म सपको तर्फबाट र सरोज डङ्गोल र शारदा अधिकारीले लुक्ला आउट डोरको तर्फबाट ७ हजार रूपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
त्यस्तै, हरेक यात्रुले पठाओ, मिसिसा र इना सेन्टरको तर्फबाट स्योरसर्ट प्राइजको रुपमा डिस्काउण्ट भौचर प्राप्त गरेका थिए भने विशेष क्रियशनको तर्फबाट ३ जना यात्रुहरूले १ हजार पाँच सय मूल्य बराबरको गिफ्ट भौचर प्राप्त गरेका थिए ।
यती एयरलाइन्सले चाडपर्वको समयमा यात्रा गर्ने आफ्ना यात्रुहरूलाई लक्षित गरी असोज गतेदेखि मंसिर ७ गतेसम्म ४० दिनको अवधिभर उडान भर्ने यात्रुबीच लक्की ड्र गरेको थियो ।
सोही अवधिमा करिब एकलाख यात्रुहरुले यती एयरलाइन्समा यात्रा गरेको प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।