logo

बुधबार, १२ कार्तिक २०८३

logo

बुधबार, १२ कार्तिक २०८३   |   12:38 PM

  • काठमाडौँ आउँदै गरेको बस खस्यो राप्ती नदीमा, उद्धार कार्य जारी

    काठमाडौँ आउँदै गरेको बस खस्यो राप्ती नदीमा, उद्धार कार्य जारी


    पर्यटन नेपाल

    शुक्रबार, २७ पुष २०८०


    दाङ । दाङको भालुबाङस्थित पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खसेको छ ।

    नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार (आज) राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।

    स्थानीय र प्रहरी उद्धार कार्यमा सक्रिय छन् । घाइतेहरुलाई उद्धार गर्दै अस्पताल पठाउने काम जारी छ । बसमा ३२ जना सवार थिए ।

    दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend