logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:57 AM

  • पोखरा–भारत सिधा उडान गरिदिन भारतीय राजदूतलाई आग्रह

    पोखरा–भारत सिधा उडान गरिदिन भारतीय राजदूतलाई आग्रह


    पर्यटन नेपाल

    बिहिबार, ११ असोज २०८०


    काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भारतीय राजदूत नवीन श्रीवास्तवलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत सिधा उडानका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

    पोखरामा ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पाण्डे र पर्यटन व्यवसायीहरूले राजदूत श्री वास्तवलाई सो प्रस्ताव राखेका हुन् ।

    भारतीयहरू आफ्नै सवारीसाधनमा आउन चाहने भएकाले सडक राम्रो हुन पर्ने राजदूत श्री वास्तवले बताए।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआइ अन्तर्गत बनेको भनेर चीनले दाबी गरिरहँदा भारतले सिधा उडानको अनुमति दिएको छैन ।

    विमानस्थल सञ्चालनमा आउनुअघि नै बुद्ध एयरले पोखराबाट दिल्ली र बनारस उडानको अनुमति मागे पनि भारतले अहिलेसम्म अनुमति दिएको छैन ।

    राजदूत श्री वास्तवले आफ्ना नागरिक गाडी लिएर आउन चाहन्छन् भन्दै हवाई सम्पर्क तत्काल हुन नसक्ने बताएका थिए ।

    नेपाल र भारतबीच खुला सीमा रहेको र पर्यटक आउजाउ गर्न समस्या नरहेको उनले दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend