logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:27 AM

  • डा. मल्लको ‘काँ पर्यो घर माया’ सार्वजनिक

    डा. मल्लको ‘काँ पर्यो घर माया’ सार्वजनिक


    पर्यटन नेपाल

    आइतबार, २९ पुष २०८०


    काठमाडौँ । डा. महेन्द्रकुमार मल्लको निर्माण र शब्द रचना रहेको ‘काँ पर्यो घर माया’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

    हिजो राजधानीमा एक कार्यक्रम आयोजना गरि डा. मल्लले उक्त गीत सार्वजनिक गरेका हुन् । गीतमा शिव सङ्गीत र समीक्षा अधिकारीको स्वर, शिव सङ्गीतकै सङ्गीत रहेको छ ।

    गीतको मोडलिङ केपिना गोतामे र अनुराग मल्लले गरेका छन् । काजिस श्रेष्ठको निर्देशन रहेको गीतको छायाङ्कन दुर्गा पौडेल र प्रशान्त मगरको कोरियोग्राफी रहेको छ ।

    पश्चिम नेपालको मौलिक लोकलयमा आधारित गीतलाई दृश्य र श्रव्य दुवै दृष्टिले अब्बल बनाउने र नृत्यप्रेमीहरूलाई छमछमी नचाउने उद्देश्य रहेको यस गीतका स्रष्टा तथा निर्माताले बताएका छन् । नितु सिंह ठकुरीको व्यवस्थापनमा रहेको म्युजिक भिडियोभित्र फर्पिङ्को रमणीय स्थलका दृश्यहरू कैद गरिएको छ ।

    यो गीतलाई ‘महेन्द्रकुमार मल्ल’ युटुब च्यानलमा गइ हेर्न सकिने छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend