logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:10 PM

  • वाणिज्य बैंकले मंसिर मसान्तसम्म कमायाे साढे २८ अर्ब बढि नाफा

    वाणिज्य बैंकले मंसिर मसान्तसम्म कमायाे साढे २८ अर्ब बढि नाफा


    पर्यटन नेपाल

    सोमबार, १ माघ २०८०


    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले साढे २८ अर्ब बढी नाफा कमाए छन् । मंसिर मसान्तसम्म २० बैंकले २८ अर्ब ६४ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

    मंसिर मसान्तसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ भने सबैभन्दा कम कृषि विकास बैंकको रहेको छ । मंसिर मसान्तसम्म नबिल बैंकले २ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । यता कृषि विकास बैंकले सबैभन्दा कम ४० करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ ।

    नाफा आर्जनमा नबिल र ग्लोबल आइएमई बैंकको प्रतिस्पर्धा देखिएको छ । ग्लोबल आइएमईले २ अर्ब ७३ करोड ७९ लाख २० हजार, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक २ अर्ब ६० करोड ९० लाख ५० हजार, प्राइम बैंकले १ अर्ब ९२ करोड ८९ लाख ४० हजार, एनआईसी एशिया बैंकले १ अर्ब ८५ करोड १ लाख, हिमालयन बैंकले १ अर्ब ८० करोड ४९ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ ।

    प्रभु बैंकले १ अर्ब ४९ करोड ४५ लाख, एनएमबि बैंकले १ अर्ब ४५ करोड १३ लाख,राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ४१ करोड १ लाख, एभरेष्टले १ अर्ब ४० करोड ३२ लाख, कुमारी बैंकले १ अर्ब ३० करोड १५ लाख, स्टयान्डर्ड चार्टर्ड बैंकले १ अर्ब २५ करोड ६० लाख, नेपाल बैंकले १ अर्ब २१ करोड ३१ लाख, सानिमा बैंकले १ अर्ब ७ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ ।

    केन्द्रीय बैंकका अनुसार लक्ष्मी सनराइज बैंकले ८९ करोड ८० लाख, माछापुच्छ्रे बैंकले ७६ करोड २७ लाख, सिटिजन्स बैंकले ७४ करोड ३५ लाख, नेपाल एसबिआई बैंकले ७० करोड ८० लाख, सिद्धार्थ बैंकले ६२ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend