logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:27 AM

  • चर्को पर्यटन रोयल्टीका कारण भीआईपी पर्यटक मात्र पुग्छन् उपल्लो मुस्ताङ

    चर्को पर्यटन रोयल्टीका कारण भीआईपी पर्यटक मात्र पुग्छन् उपल्लो मुस्ताङ


    पर्यटन नेपाल

    सोमबार, १ माघ २०८०


    कठमाडौँ । सरकारले उपल्लो मुस्ताङ आएका विदेश पर्यटकबाट २२ करोड ९९ लाख ४४ हजार राजश्व संकलन गरेको छ ।

    सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्म कूल ३ हजार ४८७ जना विदेश पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गर्दा २२ करोड ९९ लाख बढि राजश्व संकलन भएको हो । सन् २०२३ मा ३ हजार ४८४ जना विदेशी पर्यटकबाट १७ लाख ४२ हजार अमेरिकी डलर संकलन भएको थियो ।

    २०२३ को जनवरीमा ७, फ्रेब्रअरीमा २३, मार्चमा १६२, अप्रिलमा ४२५, मेमा ७१२, जुनमा १४९, जुलाईमा १८८,अगस्टमा २७८, सेप्टेम्बरमा ४०७, अक्टोबरमा ८३०,नोभेम्बरमा २८० र डिसेम्बरमा २३ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए ।

    चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङ निषेधित तथा नियन्त्रित क्षेत्र हाे । अध्यागमन विभागले उपल्लो मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्रमा प्रस्थान गर्न प्रत्येक विदेशी पर्यटकलाई १० दिनको प्रवेश अनुमती स्वरुप ५ सय डलर बुझाउनु पर्छ । यसरी प्रवेश अनुमति लिएका विदेशी पर्यटकले १० दिन कटेपछि दैनिक ५० डलरका हिसाबले अध्यागमन विभागमा पैसा तिर्नुपर्ने हुन्छ ।

    सरकारको चर्को पर्यटन रोयल्टी शुल्कका कारण उपल्लो मुस्ताङमा विशेष र भीआईपी पर्यटकबाहेक सामान्य स्तरका विदेशी पर्यटक जान सक्ने वातावरण छैन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend