logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:57 AM

  • बलात्कारको आरोप लागेका श्रीलंकन ब्याटरले पाए सफाइ

    बलात्कारको आरोप लागेका श्रीलंकन ब्याटरले पाए सफाइ


    पर्यटन नेपाल

    बिहिबार, ११ असोज २०८०


    काठमाडौँ । श्रीलंकन ब्याटर दनुस्का गुनाथिलकाले बलात्कारको आरोपमा सफाइ पाएका छन् ।

    बिहीबार अस्ट्रेलियाको सिड्नीस्थित डाउनिङ सेन्ट्रल डिस्ट्रिक कोर्टले सफाइको फैसला सुनाउँदा ३२ वर्षका दनुस्का पनि उपस्थित थिए । अब उनी खेलमा फर्किन चाहन्छन् ।

    टिन्डर डेटमार्फत चिनजान भएका दनुस्काले नोभेम्बरमा आफ्नो घरमा आफूलाई बलात्कार गरेको महिलाको दाबी थियो ।

    उनले थुप्रै अभियोग लगाएकी थिइन्, तर सहमति बिना कन्डम हटाएको आरोपमाथि मात्र छानबिन भएको थियो ।

    चार दिनसम्म चलेको सुनुवाइका क्रममा उजुरीकर्ता महिलाको दाबी थियो, सुरक्षित यौन सम्बन्धका लागि मात्र सहमति दिइएको थियो । दनुस्काले कन्डम हटाएको देखिनन्, यौन सम्बन्ध राखिसकेपछि मात्र थाहा पाइन् । ती महिलाले दनुस्कामाथि जबरजस्ती चुम्बन गरेको र कयौँ पटक जोडले दबाएका कारण खतरा महसुस गरेको दाबी गरेकी थिइन् ।

    दनुस्काले भने आरोप इन्कार गरे । उनको वकिलले उजुरीकर्ता महिलाले झुट बोलेको र समयसँगै बयान बदलेको दाबी गरे ।

    न्यायाधीश रारा हगेटले दनुस्काले प्रहरीलाई दिएको बयान सही भएको निष्कर्ष सुनाइन्, जहाँ दनुस्काले यौन सम्बन्धको क्रममा कन्डम नहटाएको जिकिर गरेका थिए ।

    अर्कोतर्फ उजुरीकर्ताले प्रहरीलाई दिएको बयान फरक फरक रहेको र के भएको थियो भन्ने प्रस्ट पनि नरहेको अदालतको ठहर छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend