logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:57 AM

  • नयाँ सवारीसाधन किन्नु परे विद्युतीय मात्र किन्ने पर्यटन बोर्डको घोषणा

    नयाँ सवारीसाधन किन्नु परे विद्युतीय मात्र किन्ने पर्यटन बोर्डको घोषणा


    पर्यटन नेपाल

    बिहिबार, ११ असोज २०८०


    काठमाडौँ । नेपाल पर्यटन बोर्डले सवारी साधन खरिद गर्नु परे विद्युतीय मात्र खरिद गर्ने घोषणा गरेको छ ।

    नेपाल सरकारले यस वर्ष सार्वजनिक खर्चलाई मितव्ययी बनाउन नयाँ सवारी साधन नकिन्ने नीति लिएसँगै बोर्डले सवारी साधन किन्नु परे विद्युतीय मात्र किन्ने घोषणा गरेको हो ।

    चालु आर्थिक वर्ष कार्यान्वयनमा आएको दुई महिनापछि बजेट ल्याएको बोर्डले बजेटमार्फत यस्तो घोषणा गरेको छ ।

    बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब १ करोड रुपैयाँको बजेट ल्याएको छ ।

    बोर्डको बजेटमा भनिएको छ, ‘दैनिक आवतजावतका लागि प्रयोग हुने गरी खरिद गरिने सवारी साधन खरिद गर्दा विद्युत् सवारी साधन खरिद गरिनेछ ।’

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend