logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • १६ वटा पाँचतारे होटलले गरे नवीकरण

    १६ वटा पाँचतारे होटलले गरे नवीकरण


    पर्यटन नेपाल

    आइतबार, ७ माघ २०८०


    काठमाडौँ । देशभर सञ्चालनमा रहेका १६ वटा पाँचतारे होटलले नवीकरण गरेका छन् ।

    पुस २६ गतेसम्म एउटा पाँचतारे डिलक्स र १६ वटा पाँचतारे होटलले विवरण अद्यावधिक गराएको पर्यटन विभागले जनाएको छ ।

    विभागका अनुसार पुस २६ गतेसम्म विवरण अद्यावधिक गरेर नवीकरण गरेका पाँचतारे होटलहरूमा काठमाडौँका १०, बाँकेका २, झापाका २, कास्की, रुपन्देही र बाराका १/१ वटा छन्।

    झापाको भेगस सिटी इन्टरटेन्मेन्ट प्रालि पाँच तारा डिलक्स होटेलको स्तरमा सञ्चालनमा छ। यो होटल हालसम्मकै एक मात्र पाँच तारा डिलक्स होटल रहेको विभागले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend