logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   05:57 AM

  • अफगानिस्तानमा विमान दुर्घटना, पाइलटसहित ४ जनाको उद्धार, दुईको खाेजी कार्य जारी

    अफगानिस्तानमा विमान दुर्घटना, पाइलटसहित ४ जनाको उद्धार, दुईको खाेजी कार्य जारी


    पर्यटन नेपाल

    सोमबार, ८ माघ २०८०


    काठमाडौं । अफगानिस्तानमा दुर्घटना भएको एयर एम्बुलेन्समा सवार ६ जनामध्ये चार जना जीवितै फेला परेका छन् । अन्य दुई जनाको अवस्था थाहा हुन सकेको छैन ।

    डेसल्ट फाल्कन (डिएफ-१०) विमान अफगानिस्तानको बदाक्षन प्रान्तको कुफ-अब जिल्लामा दुर्घटना भएको थियो । एयर एम्बुलेन्सको रुपमा प्रयोग गरिएको उक्त विमान थाइल्याण्डबाट मस्को जाँदै थियो ।

    इन्धन भर्नका लागि भारतको गया विमानस्थलमा रोकिएर उडेको उक्त विमान शनिबार राति ७ बजेतिर अफगानिस्तानको आकाशमा पुगेर राडारबाट सम्पर्कविच्छेद भएको थियो ।

    त्यसपछि खोजी गर्दै जाँदा उक्त विमान अफगानिस्तानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । उक्त विमानमा चार जना यात्रु र दुई जना क्रु-मेम्बरसहित कूल ६ जना थिए ।

    अफगानिस्तानको नागरिक उड्डयन तथा यातायात मन्त्रालयले सामाजिक सन्जाल एक्समा दुर्घटनास्थलको भिडियो पोष्ट गरेर पाइलटसहित चार जनालाई जीवितै उद्धार गरिएको जनाएको छ । अन्य दुई जनाको अवस्था भने थाहा हुन सकेको छैन ।

    मन्त्रालयले विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार उक्त विमान अफगानिस्तानको हवाई क्षेत्रभित्र थिएन । तर प्राविधिक समस्याका कारण त्यसले आफ्नो बाटो बदलेको थियो । यसबारे थप अनुसन्धान भइरहेको अफगानिस्तान सरकारले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend