logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • कर्णाली प्रदेश अस्पतालमा मेरुदण्डको सफल शल्यक्रिया

    कर्णाली प्रदेश अस्पतालमा मेरुदण्डको सफल शल्यक्रिया


    पर्यटन नेपाल

    सोमबार, ८ माघ २०८०


    सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा मेरुदण्डको सफल शल्यक्रिया सम्पन्न भएको छ ।

    पछिल्लो समय अस्पतालले मिर्गौला प्रत्यारोपनसहित विशेषज्ञ सेवादिन थालेसँगै जटिल प्रकृति मानिएको स्पानल इन्जुरी (मेरुदण्ड) को सफल शल्यक्रिया कार्य सम्पन्न भएको हो ।

    अस्पतालमा हालसम्म ५१ जनाको मेरुदण्डको सफल शल्यक्रिया गरिएको अस्पतालका अर्थोपेडिक विभागका प्रमुख डा. शुभ श्रेष्ठले बताए । तीन वर्षदेखि अस्पतालमा स्पानल इन्जुरीको शल्यक्रिया हुँदै आएको उनको भनाइ छ ।

    सुर्खेतमै शल्यक्रिया सेवा सुरु भएपछि कर्णालीका ढाँडसम्बन्धी बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको डा. श्रेष्ठले बताए । महँगो र जटिल प्रकृतिको रोग भएकाले ढाँडको शल्यक्रिया गर्ने बिरामीका लागि अस्पतालले ‘विपन्न नागरिक औषधि उपचार कोष’ सञ्चालन गरेको उनले बताए ।

    विसं २०७९ असारदेखि सञ्चालनमा आएको उक्त कोषबाट स्पानल इन्जुरीको शल्यक्रिया गरेका बिरामीले एक लाख बराबरको औषधि उपचार सेवा पाउँदै आएका छन् । आर्थिक अभावमा बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अस्पतालले विपन्न नागरिक लागि उपचार कोष सञ्चालन गरेको जनाएको छ ।

    पछिल्लो समयमा प्रदेश अस्पतालमा ठूला र जटिल प्रकृतिका उपचार सेवा सञ्चालन हुँदै आएका छन् । अर्पोपेडिक विभागमा हाल डा. शुभ श्रेष्ठ, डा. पदम गिरी, डा. रवीन केसी, डा. तेजेन्द्र साउद, डा. किशोर कुमार विष्ट र डा. हिक्मत भण्डारीसहित छ जना चिकित्सक कार्यरत छन् ।

    यसैबीच हालसम्म ५० भन्दा बढीको मेरुदण्डको सफल शल्यक्रिया गरेको अवसरमा अस्पतालले एक कार्यक्रमको आयोजना गरी केक काटेर खुसीयाली मनाएको छ । कार्यक्रमका अस्पताल विकास समितिका अध्यक्ष खड्क बसेल, अस्पतालका निर्देशक डा. डम्बर खड्कालगायत अर्थोपेडिक विभागका चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend