logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • भिजिट भिसामा विदेश जाँदा आवश्यक पर्छन् यस्ता कागजात (विवरणसहित)

    भिजिट भिसामा विदेश जाँदा आवश्यक पर्छन् यस्ता कागजात (विवरणसहित)


    एन्जिला क्षेत्री

    बुधबार, १० माघ २०८०


    काठमाडौँ । अध्यागमन विभागले पर्यटक तथा भिजिट भिसामा विदेश जाने नेपाली नागरिकहरूका लागि चाहिने कागजातका विवरण सार्वजनिक गरेको छ । विभागले बुधबारदेखि भिजिट भिसामा विदेश जाने नागरिकका लागि ६ बुँदे आवश्यक कागजातहरू सार्वजनिक गरेको हो ।

    भिजिट भिसामा विदेश जानको लागि कम्तीमा पनि ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्ने र सम्बन्धित देशको भिसा वा अन-अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा चाहिने विभागले जनाएको छ । यस्तै, भ्रमणमा जानेहरूले दुईतर्फी हवाई टिकट बुझाउनुपर्ने भएको छ ।

    भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र पेश गर्नुपर्ने भएको हो ।

    कसैको निमन्त्रणामा भएमा त्यसको पत्र वा ५०० अमेरिकी डलर बराबरको नगद सहटी भएको प्रमाण चाहिने पनि छ । अध्यागमनले भिजिट भिसामा जानेले समयमै स्वदेश फर्किन्छु भनेर स्वघोषणा गर्नुपर्ने पनि भनेको छ ।

    विदेश जानुअघि उक्त देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राखेर मात्र भ्रमण गर्न विभागले आग्रह गरेको छ । भिजिट भिसामा जाने भन्दै विदेशमा गएर समयमै नफर्किई अवैध रूपमा काम गर्ने भेटिएको भन्दै अध्यागमन विभागले यसमा कडाइ गरेको हो ।

    यि हुन विभागले सार्वजनिक गरेको आवश्यक पर्ने कागजातको विवरण :

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend