logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:05 AM

  • त्रिभुवन विमानस्थलको आन्तरिक आगमनतर्फको नयाँ टर्मिनल भवन सञ्चालन

    त्रिभुवन विमानस्थलको आन्तरिक आगमनतर्फको नयाँ टर्मिनल भवन सञ्चालन


    पर्यटन नेपाल

    बिहिबार, ११ माघ २०८०


    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक आगमनतर्फको टर्मिनल भवन सञ्चालनमा आएको छ । बुधबार संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भवनको उट्घाटन गरेका हुन् ।

    विमानस्थलको आन्तरिकतर्फ आगमन क्षेत्र साँघुरो हुँदा यात्रुलाई ब्यागेज लिन असहज हुने गरेको थियो । यात्रुको असहजतालाई ध्यानमा राखेरै विमानस्थलमा ६ करोड रूपैयाँभन्दा बढी लागतमा नयाँ टर्मिनल बनाइएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकतर्फका यात्रुका लागि प्रस्थान भवन र आगमन छुट्टै भएको छ ।

    नयाँ टर्मिनल भवनमा दुइटा ‘ब्यागेज बेल्ट’ छन् । अब प्रतिघण्टा ४ सय यात्रुलाई सेवा दिन सक्ने विमानस्थल कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend