logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:59 AM

  • राष्ट्रियसभा निर्वाचनः यी हुन सातै प्रदेशका बिजयी उम्मेदवार

    राष्ट्रियसभा निर्वाचनः यी हुन सातै प्रदेशका बिजयी उम्मेदवार


    एन्जिला क्षेत्री

    बिहिबार, ११ माघ २०८०


    काठमाडौं । आज देशभरि नै राष्ट्रियसभा निर्वाचनको चुनाव सम्पन्न भएको छ । आज राष्ट्रियसभाका १९ सदस्यको निर्वाचन सम्पन्न भएको हो ।

    करिब ४ बजेसम्म सबै प्रदेशको चुनाब सम्पन्न भइसकेको थियो । उक्त निर्वाचनको नतिजा समेत प्रकाशन भइसकेको छ । चुनाब सम्पन्न भएसँगै बिभिन्न प्रदेशका विजयीहरुको नामावाली समेत प्रकाशन भइसकेको छ ।

    यी हुन् निर्वाचित विजयी उम्मेदवारहरु
    कोशी प्रदेश
    कोशी प्रदेशमा नेकपा एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन् । उनी प्रतिष्पर्धी चम्पादेवी कार्कीलाई ९४ मतले पछि पार्दै बिजयी भएकी हुन् । उनले ५०८६ मत पाएकी छन् ।

    त्यस्तै कोशीमा नेपाली काँग्रेसका कृष्ण सिटौला बिजयी भएका छन् । उनले राप्रपाका उद्दव कार्कीलाई पछि पार्दै विजयी भएका हुन् । सिटौलाले प्रदेश सभाका तर्फबाट २३८५ मत पाएका थिए भने कार्कीले २४९१ मत पाएका थिए । सिटौला उद्दव भन्दा ७५३ मत बढि लिएर विजयी भएका हुन् । स्थानिय तहबाट भने सिटौलाले २९०७ र पौडेलले २०७१ मत पाएका थिए । जसमा सिटौलाले जम्मा ५२९२ र पौडेलले ४५६२ मत पाएका थिए ।

    सिटौलालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकिकृत समाजवादीले समर्थन गरेको थियो । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा एमाले र राप्रपाले तालमेल गरेका थिए । स्थानीय तहमा सत्ता गठबन्धनका १७ जना जनप्रतिनिधि र प्रदेशमा ३ जना सांसदले ‘फ्लोर क्रस’ गरेको पाइएको छ ।

    मधेस प्रदेश
    मधेस प्रदेशमा भने गठबन्धनका २ जना उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेसका तर्फबाट आन्नदप्रसाद ढुङ्गाना र जसपाकी पूजा चौधरी विजयी भएका हुन् ।

    काँग्रसका ढुङ्गानाले प्रदेश सभाका तर्फबाट ३,५५१ मत र स्थानिय तहका तर्फबाट ३,८१९ मत पाएका छन् । त्यस्तै महिला तर्फबाट उम्मेदवार बनेकी चौधरीले भने प्रदेशसभाका तर्फबाट ४,०२८ मत र स्थानिय तहका तर्फबाट ३,८९५ मत पाएकी छन् ।

    बागमती प्रदेश
    बागमती प्रदेशमा भने गठबन्धनका चारै जना उम्मेदवार विजयी भएका छन् । बागमतीबाट महिला कोटातर्फबाट नेपाली कांग्रेसकी विष्णुकुमारी पुडासैनी, जितजंग बस्ने, माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र दलिततर्फबाट नेकपा एकिकृत समाजवादीका घनश्याम रिजाल बिजयी भएका हुन् ।

    पुडासैनीले एमालेकी रोचकुमारी चौलागाईँलाई ४०७० मतले पछि पार्दै विजयी भएकी हुन् । उनले ६६२२ मत पाएकी छन् । रिजालले एमालेका प्रतिष्पर्धी ध्रुवराज विकलाई ३४६० मतले पछि पार्दै विजयी भएका हुन् । उनले ६५१२ मत प्राप्त गरेका छन् भने विकले ३०५२ मत पाएका छन् ।

    काँग्रेसका बस्नेतले ६५३१, पुडासैनीले ६६२२, माओवादीका अधिकारीले ६३८३ र एकिकृत समाजवादीका रिजालले ६५१२ मत प्रप्त गरेका छन् ।

    लुम्बिनी प्रदेश
    लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महिला कोटामा नेपाली काँग्रेसकी उम्मेदवार विष्णुकुमारी सापकोटा र नेकपा माओवादी केन्द्रका उम्मेदवार झक्कु सुवेदी निर्वाचित भएका हुन् । सापकोटाले २,७५६ मत र सुवेदीले २७५६ मत पाएका छन् ।

    सापकोटाले नेकपा एमालेकी उम्मेदवार तुलसाकुमारी केसीलाई पराजित गरिन भने सुबेदीले एमालेका झपेन्द्रबहादुर घर्ति र जसपाका बाल गोबिन्द चौधरीलाई पछि पार्दै बिजयी भएका हुन् । लुम्बीनीमा ३०५ मतदाता रहेकोमा ३०३ मत खसेको छ । जसमा २ जनाले मतदान गरेनन् । मतदानमा प्रदेश सभाका तर्फबाट ८७ र स्थानिय तहका तर्फबाट २१८ मत खसेको थियो । २ सिटका लागि भएको मतदानमा ६ जना उम्मेदवारको प्रतिष्पर्धा रहेको थियो ।

    गण्डकी प्रदेश
    गण्डकी प्रदेशमा भने सत्ता गठबन्धनका ३ जना उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेसबाट किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र नेकपा माओवादी केन्द्रबाट मनरुपा शर्मा बिजयी भएकी हुन् । श्रेष्ठले ३,८०८मत, शर्माले ३,६६० मत र परियारले ३,७७९ मत पाएर विजयी भएका हुन् ।

    कर्णाली प्रदेश
    कर्णाली प्रदेशमा बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजे सकिएको थियो । ३ सिटका लागि ६ जना प्रतिष्पर्धी रहेका थिए । कर्णालीमा भने गठबन्धनका तिनै जना उम्मेदवार विजयी भएका छन् ।
    १५६ जना जनप्रतिनिधी र प्रदेशसभाका तर्फबाट ४० जनाको सहभागी रहेको थियो ।

    गठबन्धनका तर्फबाट काँग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फबाट एकिकृत समाजवादीकी सावित्री मल्ल र दलिततर्फबाट माओवादी केन्द्रका विष्णुबहादुर विक विजयी भएका हुन् । काँग्रेसका रोकायाले ३,८७० मत प्राप्त गरेका छन् । उनले प्रतिष्पर्धी डिल्ली प्रसाद भट्टलाई पराजित गरेका हुन् । डिल्लीले १२१४ मत पाएका थिए । त्यस्तै मल्लले ३,७२२ मत प्राप्त गरेकी छन् । उनले नेकपा एमालेकी बिमलाकुमारी शाहीलाई पराजित गरेकी हुन् । बिमलाले भने १३६२ मत पाएकी थिइन् ।

    दलिततर्फका विकले भने ३८१७ मत प्राप्त गरेका छन् । उनले एमालेका हिक्मत विकलाई पराजित गरेका हुन् । हिक्मतले १२६७ मत पाएका थिए । कर्णालीमा स्थानिय तर्फबाट १५८ जना जनप्रतिनिधि रहेका छन् । प्रदेश सभामा ४० जना रहेका छन् । जसको मतभार २१२० हुन् आउँछ । त्यसैले कर्णालीमा जम्मा ५०८४ मतभार हुन् आउँछ ।

    सुदुरपश्चिम प्रदेश
    सुदुरपिश्चिम प्रदेशमा पनि राष्ट्रिय सभाको चुनाव सम्पन्न भएको छ । प्रदेश सचिवालयमा बिहान ९ बजे सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो । यस प्रदेशमा पनि गठबन्धनका तिनै जना उम्म्ेदवार विजयी भएका छन् ।
    महिलातर्फबाट माओवादी केन्द्रकी रेनु चन्द र काँग्रेसबाट नारायणदत्त भट्ट र बलदेव बोहोरा विजयी भएका हुन् । चन्दले ४,४५३ र भट्टले ४,४१९ मत लिएर विजयी भएकका हुन् ।

    प्रदेश सभामा ५२ जना सदस्य रहेका छन् । निर्वाचनमा ५२ जनानै सदस्यले मतदान गरेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । स्थानिय तहका प्रमुख र उपप्रमुख गरि १७५ जना मध्ये १७३ जनाले मतदान गरेका थिए ।

    सुदुरपश्चिममा धनगढि उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भजनी नगरपालिकाका उपमेयर राजु तिरुवाले भने मतदान गरेनन् । मेयर हमाल स्वतन्त्र उम्मेदवार हुन् भने तिरुवा नाउपाबाट निर्वाचित भएका हुन् ।
    त्यस्तै देशभरि चुनाब भइरहदा धनगढिका स्वतन्त्र मेयर हमालसहित काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र धरान उवमहानगरपालिकाका मेय हर्क साम्पाङले पनि चुनाबमा भोट हालेनन् । उनीहरु तिनै जना स्वतन्त्र मेयर हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend