logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:59 AM

  • पर्यटन प्रवर्द्धनका लागि मानहुँदेखि पुलिमराङसम्म म्याराथन हुने

    पर्यटन प्रवर्द्धनका लागि मानहुँदेखि पुलिमराङसम्म म्याराथन हुने


    पर्यटन नेपाल

    बिहिबार, ११ माघ २०८०


    तनहुँ । ‘विविधतायुक्त गाउँ सहर, समृद्ध मेरो व्यास नगर’ भन्ने मूल नाराका साथ पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँमा सातौँ व्यास नगर अल्ट्रा म्याराथन हुने भएको छ ।

    व्यास नगरपालिकाको आयोजनामा यही माघ १६ गते शहीद दिवसका अवसरमा म्याराथन प्रतियोगिताको आयोजना गरिएको हो ।

    व्यास–५ को पर्यटकीयस्थल मानहुँकोटदेखि व्यास–८ को शहीदग्राम पुलिमराङसम्म म्याराथान आयोजना गरिएको व्यासनगर खेलकुद समितिका सदस्यसचिव नवीन पराजुलीले जानकारी दिए । उनका अनुसार कूल ४४ किलोमिटरमा दौड प्रतियोगिता हुनेछ । नगरपालिACकाले विगत छ वर्षदेखि यस म्याराथनलाई निरन्तरता दिँदै आएको छ ।

    मानहुँकोटदेखि सिद्धमार्ग हुँदै अलैँचे, चापाघाट, पृथ्वीराजमार्गबाट दुर्गा मन्दिर, अनशन चौचारी, सफासडक, भोर्लेटारचोक, व्यासमार्ग हुँदै बैरेनी कुमालटारी, दुम्सी खहरे, कलेस्ती, बोटेटार, पाथ्रा, सत्रसय, कालिका मार्गबाट बानियाँ डिही, बर्लाछी, सोतीबेँसी, बगुवा रिस्ती, बाहुनपोखरा, गाडापानी हुँदै पुलिमराङमा पुगेर टुङ्गिनेछ ।

    उक्त प्रतियोगितामा विजयी हुने धावकले प्रथम पुरस्कार ८५ हजार ८०, द्वितीय पुरस्कार ६५ हजार ८० र तृतीय हुनेले ५५ हजार ८० का साथमा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । सान्त्वना पुरस्कार पाँचजनालाई १६ हजार ८० का दरले प्रदान गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए ।

    खेलकूदका माध्यमबाट पर्यटन क्षेत्रलाई प्रचारप्रसार गर्दै पर्यटकको चहलपहलमा वृद्धि गर्ने लक्ष्यअनुरुप प्रतियोगितालाई निरन्तरता दिइएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend