काठमाडौँ । नेपालमा इन्टरनेसनल टुरिजम एक्स्पो (नाइट) आयोजना हुने भएको छ ।
समिट इभेन्ट एण्ड मार्केटले आगामी मे ३१ देखि जुन १ तारिखमा भृकुटीमण्डपमा २ दिने एक्स्पो आयोजना गर्न लागेको हो ।
समिटले पर्यटन व्यवसायीसँग छलफल गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागेएको बताएको छ । एक्स्पोमा ग्लोबल नेटवर्किङसँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन, दीगो विकास र पर्यटन विषयमा छलफल गरिनेछ ।
एक्स्पोको पहिलो दिन पर्यटन व्यवसाय र दीगो विकासका साथै ‘माइस एण्ड हेल्थ टुरिजम’ र दोस्रो दिन ‘पर्यटन क्षेत्रमा विकास हुँदै गइरहेका प्रविधि र चुनौती’का विषयमा छलफल बताइएको छ ।
निजी क्षेत्रबाट आयोजना हुने यो एक्स्पो पहिलो र ठुलो हुने जनाइएको छ ।