logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • आहारारा पोखरा गोल्डकप: सेमिफाइनलमा मनाङमर्स्याङ्दी र जावलाखेल भिड्दै

    आहारारा पोखरा गोल्डकप: सेमिफाइनलमा मनाङमर्स्याङ्दी र जावलाखेल भिड्दै


    पर्यटन नेपाल

    सोमबार, १५ माघ २०८०


    पोखरा । आहारारा पोखरा गोल्डकपको तेस्रो क्वार्टरफाइनलमा आज मनाङमर्स्याङ्दी र जावलाखेल युथ क्लब भिड्दै छन् । दिउँसो साढे २ बजे पोखरा रंगशालामा सेमिफाइनलका लागि प्रतिस्पर्धा हुनेछ ।

    जावलाखेल युथ क्लब प्रिक्वार्टरमा मच्छिन्द्रलाई १-० ले पराजित गरेको थियो भने मनाङमर्स्याङ्दी बाइ पाउँदै सीधै अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

    आहारारा पोखरा गोल्डकपको इतिहासमा हालसम्म एक पटकमात्रै मनाङमर्स्याङ्दी र जावलाखेलको भेट भएको छ । २०६८ सालमा पहिलो पटक सहभागी भएको जावलाखेल आफ्नो पहिलो खेलमै फाइनलसम्म पुगेर सनसनी मच्चाएको थियो । तर, फाइनलमा मनाङमर्स्याङ्दी बाधक बन्यो । मनाङमर्स्याङ्दीले जावलाखेललाई २-० ले उपाधि जित्नबाट रोकेको थियो ।

    जावलाखेलले हालसम्म उपाधिविहीन छ भने मनाङमर्स्याङ्दी आहारारा पोखरा गोल्डकपको सर्वाधिक विजेतासहित अनुभवी टिममध्ये एक हो । हालसम्म मनाङ ६ पटक विजेता र ५ पटक उपविजेता बनिसकेको छ ।

    आहारारा पोखरा गोल्डकपको पहिलो संस्करण क्याराभान कपबाटै सहभागी भइरहेको मनाङले हालसम्म २०६०, २०६१, २०६८, २०७२, २०७३ र २०७६ मा उपाधि जितेको छ । पछिल्लो समय २०औं आहारारा पोखरा गोल्डकपको फाइनलमा पुगेको मनाङ मर्स्याङ्दी विभागीय टोली एपीएफसँग पराजित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend