logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   05:58 AM

  • आइसीसी यू-१९ विश्वकप: सुपर सिक्समा नेपालले पहिलो खेल बंगलादेश र दोस्रो भारतसँग खेल्ने

    आइसीसी यू-१९ विश्वकप: सुपर सिक्समा नेपालले पहिलो खेल बंगलादेश र दोस्रो भारतसँग खेल्ने


    पर्यटन नेपाल

    सोमबार, १५ माघ २०८०


    काठमाडौँ । नेपालले आइसीसी यू-१९ विश्वकपको सुपर सिक्समा पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ ।

    नेपालले माघ १७ गते बुधबार (३१ जनवरी) मा बंगलादेशसँग खेल्नेछ । त्यस्तै दोस्रो खेल नेपालले माघ १९ गते शुक्रबार (फेब्रुअरी २) मा भारतसँग खेल्ने पक्का भएको छ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहेर सुपर सिक्स खेलेको हो । पाकिस्तान समुह विजेता र न्युजिल्यान्ड उपविजेता बनेको थियो ।

    नेपाल समूह चरणमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको हो ।

    नेपालसँगै भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश र आयरल्यान्ड एउटा सुपर सिक्समा छन् । अर्को सुपर सिक्समा दक्षिण अफ्रिका, इंग्ल्यान्ड, वेस्टइन्डिज, अष्ट्रेलिया, श्रीलंका र जिम्बावे छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend