logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   11:25 AM

  • यती एयरलाइन्सका थप दुई जहाज आइपुगे नेपाल

    यती एयरलाइन्सका थप दुई जहाज आइपुगे नेपाल


    पर्यटन नेपाल

    बिहिबार, १८ माघ २०८०


    काठमाडौँ । यती एयरलाइन्सका थप दुई वटा जहाज काठमाडौँ अवतरण गरेका छन् ।

    यतीका दुई वटा ‘एटिआर७२-५००’ सिरिजका जहाज बिहीबार काठमाडौँ अवतरण गरेका हुन् । जहाज साँझ ५ः२० र ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका छन् ।

    यतीले ७२ सिट क्षमताको उक्त जहाज बङ्गलादेशबाट खरिद गरी ल्याएको हो । २ वटा जहाज थप गरेसँगै यतीसँग भने अब एटीआर ७२–५०० सिरिजको जहाजकाे संख्या ७ पुगेको छ ।

    उक्त जहाजले नेपाली दर्ता नम्बर ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ पाएका छन् । कम्पनीले थप गरेको उक्त जहाजले आवश्यक कागजी प्रक्रिया पूरा गरी एक सातापछि उडान भर्ने जनाइएको छ ।

    यतिले सन् २०२४ भित्र तीन वटा जहाज थप्ने लक्ष्य राखेकाे छ । जस अनुसार २ वटा जहाज आज काठमाडौँ ल्यान्ड भएका हुन् । तिन वटा जहाज थप गरी १० वटा पुर्‍याउने लक्ष्य रहेको यती एयरलाइन्सले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend