logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • २ अर्ब ५ करोड लागतमा बनेको होटेल अकामाले अमेरिकी ब्रान्ड ‘रमदा’ को फ्रेन्चआइज लिने सहमति

    २ अर्ब ५ करोड लागतमा बनेको होटेल अकामाले अमेरिकी ब्रान्ड ‘रमदा’ को फ्रेन्चआइज लिने सहमति


    पर्यटन नेपाल

    शुक्रबार, १९ माघ २०८०


    काठमाडौँ । धुम्बाराही स्थित होटेल अकामाले प्रसिद्ध अमेरिकी ब्रान्ड रमदाको फ्रेन्चआइज लिने भएको छ । एक कार्यक्रममा अकामा र विश्व विख्यात ब्रान्ड रमदाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    काठमाडौँको धुम्बाराहीमा विगत ४ वर्षदेखि सञ्चालनमा रहेको अकामा होटेलको व्यापार प्रवर्द्धन तथा व्यावसायिक विस्तारका लागि अन्तर्राष्ट्रिय स्तरको होटेल रमदासँग फ्रेनचाईजीका लागि सम्झौता गरिएको हो ।

    सानिमा ग्रुपबाट सञ्चालित होटेल अकामा सन् २०१९ फेब्रुअरीबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो । सुरुमा चार तारे होटेलको रूपमा सञ्चालित होटेल २०८० मङ्सिर २९ गते पाँचतारे होटेलमा स्तर उन्नति भएको हो ।

    थप म्यानेजमेन्टसहितको विश्वस्तरिय ब्रान्ड ‘रमदा वाई वाइनहेम’ को सहयोगले होटेलको व्यावसायिक तथा ख्याती उच्च हुने सानिमा ग्रुपले विश्वास व्यक्त गरेको छ ।

    उक्त होटेलका सहायक सेल्स एन्ड मार्केटिङ म्यानेजर सुदिप बज्राचार्यका अनुसार अकामामा सुपेरीयर-९५, डिलक्स ६, डिलक्स स्विट ४, फेमिलि स्विट २, प्रेसिडेन्टल स्विट १ गरी जम्मा १०८ कोठाहरू रहेका छन् । जसमा २०० बेड छन् । होटेलमा हाल १३० जनाले रोजगारी पाएका छन् ।

    होटेलमा आउटडोर स्वमिङ्ग पुल, जिम, स्टिम, साउना, ज्याकुजी र स्पालगायतका सेवासुविधाहरु रहेका छन् ।

    यो होटेल करिब २ अर्ब ५ करोड लागतमा बनेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend