logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • चौबिसे घुम्ने पर्यटकलाई अचार कोसेली

    चौबिसे घुम्ने पर्यटकलाई अचार कोसेली


    पर्यटन नेपाल

    बुधबार, २४ माघ २०८०


    धनकुटा । चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई अचार कोसेली प्रदान गर्ने भएको छ ।

    यसका लागि गाउँपालिकाले २४ जना एकल महिलालाई पाँचदिने अचार बनाउने तालिम प्रदान गरेको छ । सहभागीहरुलाई विभिन्न प्रकारका अचार बनाउने तालिम दिइएको सहकार्य संस्थाकी अध्यक्ष हिमा चेम्जोङ्गले जानकारी दिए ।

    उद्यमी विष्णुमायाँ कन्दङवाले सुकुटी बनाउन सहित मूला, गाजर, काउली, बन्दालगायत तरकारीबाट अचार बनाउन प्रशिक्षण प्रदान गरेका थिए ।

    गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले पालिका भ्रमणमा आउने पर्यटकलाई कोसेली अचार प्रदान गर्न तालिम प्रदान गर्न थालिएको बताए ।

    यसका लागि पालिकाले पालिकाको केन्द्र राजारानी बजारमा कोसेली घर सञ्चालनमा ल्याउन लागेको उनले जानकारी दिए । उनले भने, ‘यसले एकल महिलाको जीवनस्तर उकास्न महत्वपूर्ण सहयोग पुग्नेछ ।’

    पर्यटकीय नगरी धनकुटाको भेडेटारबाट पाँचथरसम्मको एक सय किलो मिटर भेडेटार–रवी–राँके राजमार्ग कालोपत्रका लागि तीव्ररुपमा काम भइरहेको छ ।

    सडक पूरा भएपछि यस क्षेत्रमा आउने पर्यटकको आवागमनलाई लक्षित गरेर कोसेली अचारको कार्यक्रम सुरु गर्न लागिएको अध्यक्ष लिम्बूले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend