logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • पदयात्रा पर्यटनलाई उत्पादनसँग जोड्नुपर्ने

    पदयात्रा पर्यटनलाई उत्पादनसँग जोड्नुपर्ने


    पर्यटन नेपाल

    बुधबार, २४ माघ २०८०


    गण्डकी । सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)सँग जोडिएका स्थानका सर्वसाधारणलाई उत्पादनमार्फत पर्यटनसँग जोडिनुपर्ने आवश्यकता औँल्याइएको छ ।
    मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजनमा पदमार्ग क्षेत्रका बासिन्दा, जनप्रतिनिधि एवं घरबास सञ्चालकबीच आज पोखरामा गरिएको अन्तक्र्रियामा सहभागी वक्ताले पदयात्रा पर्यटन प्रवद्र्धनसँगै उत्पादनसँग जोड्न सके अधिकतम लाभ लिन सकिने बताए ।
    तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोडिने पदमार्गलाई पुनः नक्साङ्कन गरी पोखरा महानगरसहितका क्षेत्र समेटिएसँगै सम्बद्ध क्षेत्रका जनप्रतिनिधि, घरबास सञ्चालकसहित अन्तक्रिया गरिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए ।
    पछिल्लो समयमा नेपालको एकमात्र मध्यपहाडी क्षेत्रको सहश्राब्दी पदमार्गमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढिरहेको बताउँदै उहाँले पदमार्ग क्षेत्रका बासिन्दाले यसबाट अधिकतम लाभ लिन कृषिजन्य उत्पादनसँग जोडिनुको विकल्प नभएको बताए ।
    स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूूर्यबहादुर कुँवरले सहश्राब्दी पदमार्गलाई कृषि र पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए ।
    पदयात्रा पर्यटनको विकाससँगै उत्पादित बस्तुको बजार सहज हुने बताउँदै उनले यसको अधिकतम उपयोगका लागि उत्पादनसँग जोडिनुको विकल्प नहुुने धारणा व्यक्त गरे ।
    पर्यटन विज्ञ डा श्रीकान्त खतिवडा, पृथ्वीनारायण क्याम्पस भूूगोल विभाग प्रमुख नरेश पौडेल तथा सहप्राध्यापक एवं पुनः नक्साङ्कन उपसमिति संयोजक डा रामजी पोखरेल, मिलेनियम ट्रेक व्यवस्थापन समितिका उपाध्यक्ष थमबहादुर आलेलगायतले पदमार्ग क्षेत्रका बासिन्दाले उत्पादनमार्फत आयआर्जन गरी लाभान्वित हुनसक्नेमा जोड दिए ।
    सन् २००० देखि सञ्चालनमा आएको यस पदमार्ग कोरोना सङ्क्रमणका  समयमा सुस्ताए पनि पछिल्ला समयमा स्वदेशी एवं विदेशी पर्यटकको बढ्दो आकर्षणले आफूहरू उत्साहित बनेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य बालकुमार गुरुङले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend