logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • सिद्धार्थ हस्पिटालिटी २६ वर्षमा प्रवेश, केही होटेल र रेस्टुरेन्ट सञ्चालन गर्ने योजना

    सिद्धार्थ हस्पिटालिटी २६ वर्षमा प्रवेश, केही होटेल र रेस्टुरेन्ट सञ्चालन गर्ने योजना


    पर्यटन नेपाल

    बुधबार, २४ माघ २०८०


    काठमाडौँ । सिद्धार्थ हस्पिटालिटी २६ वर्षमा प्रवेश गरेको छ । मङ्गलवार काठमाडौँमा वार्षिकोत्सव समारोह आयोजना गरी सिद्धार्थ आफ्नो वार्षिकोत्सव मनाएको हो ।सिद्धार्थले विभिन्न विधामा उत्कृष्ट आउटलेट र कर्मचारीहरूलाई अवार्ड समेत वितरण गरेको छ ।

    वार्षिकोत्सवको अवसरमा हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले हाल देशमा देखिएको राजनैतिक र सामाजिक अस्थिरताको कारण विगतदेखि आर्थिक मन्दीको असर पर्दा पनि सिद्धार्थ ग्रुप अन्तर्गतका कम्पनीले मुनाफा आर्जन गर्नु निकै उपलब्धिमूलक रहेको बताए ।

    पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस ग्रुपले आफ्नै लगानीका होटेलको सञ्चालन तथा विभिन्न कम्पनीले निर्माण र व्यवस्थापन गरी करिब ३ दर्जन आउटलेट सञ्चालन गर्दै आएको छ ।

    २६ वर्ष अघि टिकापुरबाट सुरु भएको यस ग्रुपले २ हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी दिइरहेको छ । अगामी वर्ष कैलालीको धनगढी, र तनहुँको दमौलीमा नयाँ होटेल र रुपन्देहीको योगी कुटिमा ब्याङ्क्वेट सहितको रेस्टुरेन्ट सञ्चालनमा ल्याउने योजना रहेको सिद्धार्थले जनाएको छ ।

    त्यस्तै आगामी वर्ष भित्रै पृथ्वी राजमार्गमा रहेको सिद्धार्थ रिभर साइड रिपोर्ट र कपिलवस्तुको चन्द्रौटामा रहेको सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टलाई चार तारे होटेलमा स्तरोन्नति गर्ने योजना अनुरूप काम भइरहेको छ । भैरहवामा यसै वर्ष पाँच तारे होटेल ‘सिद्धार्थ भिलाषा’ पनि सञ्चालन गरेको छ ।

    सिद्धार्थ ग्रुपले ‘भिजन २०३०’ को योजना अन्तर्गत सन् २०३० सम्ममा स्वदेश तथा विदेशमा कम्तीमा ५८ वटा साना तथा ठुला आउटलेट सञ्चालन गर्ने योजना बनाएको छ ।

    वार्षिकोत्सवलाई लक्षित गरी एक हप्तासम्म विभिन्न आउटलेटमा खाना तथा बसाइमा १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको सिद्धार्थले घोषणा गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend