logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:05 AM

  • नेपालमा पर्यटकको दैनिक खर्च झन्डै ४ डलरले वृद्धि

    नेपालमा पर्यटकको दैनिक खर्च झन्डै ४ डलरले वृद्धि


    पर्यटन नेपाल

    बुधबार, २४ माघ २०८०


    काठमाडौँ । नेपालमा प्रति पर्यटक प्रतिदिन खर्च झन्डै ४ अमेरिकी डलरले वृद्धि भएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक अनुसार २०८० मंसिर मसान्तसम्म एक पर्यटकले प्रतिदिन औसत ४४.५० डलर खर्च गरेको देखिएकाे छ ।

    पर्यटक आगमन र पर्यटकले नेपालमा गर्ने खर्च दुवै बढेको मन्त्रालयको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    कोभिड महामारीका बेला कम पर्यटक आगमन भएको आर्थिक वर्ष २०७८/७९ (सन् २०२१) मा प्रतिदिन प्रतिपर्यटक खर्च ४८ डलर थियो ।

    उक्त बेला पर्वतारोहण र पदयात्रामा आउने पर्यटक संख्या धेरै हुँदा खर्च र बसाइ अवधि समेत धेरै देखिएको थियो । त्यस वर्ष प्रतिपर्यटक औसत बसाइ १५.५ दिन थियो । पर्यटक आगमन बढ्न थालेपछि भने बसाइ अवधि र खर्च दुवै औसतमा कम देखिन्छ ।

    त्यस्तै २०७९ पुससम्म प्रति पर्यटक प्रतिदिन औसत खर्च ४०.५० डलर मात्र थियो । यस आधारमा एक वर्षमा पर्यटकले नेपालमा गर्ने खर्च ३.९ डलरले बढेको छ ।

    पर्यटक आगमन बढ्दा खर्चसमेत बढ्दो क्रममा रहेको देखिएको छ । सन् २०२३ मा नेपालले १० लाख १४ हजार ८ सय ७१ पर्यटकलाई भित्र्याउन सफल भएकाे छ ।

    पर्यटकको प्रतिदिन खर्च (डलर)

    सन् २०२१ मा ४८
    सन् २०२२ मा ४०.५
    सन् २०२३ मा ४४.४०

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend