logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • ‘पोयट आइडल’ मा जज बनेकी केकीद्वारा लिखित कविता ‘गौशाला’ !

    ‘पोयट आइडल’ मा जज बनेकी केकीद्वारा लिखित कविता ‘गौशाला’ !


    पर्यटन नेपाल

    शुक्रबार, २६ माघ २०८०


    काठमाडौँ । अभिनेत्री केकी अधिकारी कविताको रियालिटी शो ‘पोयट आइडल’ को जज भएकी छिन् । केकीलाई पोयट आइडलको जज बनाइएसँगै सामाजिक सञ्जालमा निकै नै ट्रोल बनाइयाे ।

    सामाजिक सञ्जालमा विभिन्न किसिमका टीकाटिप्पणी भइरहँदा केकी भने मौन बसेकी थिइन् । तर उनले आज पोयट आइडलद्वारा आयोजित औपचारिक पत्रकार सम्मेलनमा मुख खोल्दै कविताको मूल्याङ्कन गर्न सक्ने आत्मविश्वास प्रस्तुत गरिन् ।

    हेर्नुहोस् यस्तो छ केकीले लेखेको कविता ‘गौशाला’ !

    वाह ! स्याबास ! क्या बात !
    उनी चुपचाप छिन् ।

    केही थान सपनाहरू थाती राखेर
    बटुल्दै छिन् औंस-औंस साहसहरू ।

    पर कतै सुरिलो धुन बज्दा
    गुनगुनाई दिउँ कि झैँ गर्छिन् ।

    काठमाडौँको झिलिमिलीसँगै
    नाचिदिउँ कि झैँ गर्छिन् ।

    वाह ! स्याबास ! क्या बात !
    भनिदिने कोही भैदिएको भए
    असरल्ल कापीमा छरेर भावना
    महाकाव्य नै पो लेख्थिन् ।

    तर, लडाइँ बाँकी छ र पो
    बबरमहल तिरै लडिरहेकी छिन्
    उही हाम्री प्यारी
    तिम्री मेरी ‘गौशाला’ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend