logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:57 AM

  • निगमले फिर्ता गर्‍यो पेट्रोलको मूल्य वृद्धि, आइतबार राति १२ बजेदेखि लागु हुने

    निगमले फिर्ता गर्‍यो पेट्रोलको मूल्य वृद्धि, आइतबार राति १२ बजेदेखि लागु हुने


    पर्यटन नेपाल

    आइतबार, १४ असोज २०८०


    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिएका छन् ।

    हिजो नेपाल आयल निगमले मूल्य वृद्धि गरेको सूचना जारी गरेको थियो । निगमले दशैको मुखमा मूल्य वृद्धि गरेको भन्दै चौतर्फी रूपमा आलोचना भइरहेको थियो ।

    आज प्रधानमन्त्री प्रचण्डसहितका राजनीतिक दलहरू बैठक बसेर प्रधानमन्त्रीले मूल्य वृद्धि फिर्ता गर्न निर्देशन दिएका थिए ।

    प्रधानमन्त्रीको निर्देशन पश्चात् आइतबार राति १२ बजेदेखि लागु हुने गरी वृद्धि गरिएको मूल्य घटाइएको निगमले जनाएको छ ।

    निगमले आइतबार जारी गरेको सूचनामा भनिएको छ, ‘प्रधानमन्त्री प्रचण्डबाट निर्देशन भए बमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुन गरी हाल भएको मूल्य वृद्धिलाई मूल्य स्थिर करण कोष र नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्य वृद्धि आइतबार राति १२ बजेदेखि लागु हुने गरी फिर्ता गरिएको छ ।’

    शनिवार राति १२ बाट लागु हुने गरी आयल निगमले सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।

    हेर्नुहोस् यस्तो छ निगमले जारी गरेको विज्ञप्ति :

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend