logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • ‘भ्यालेन्टाइन डे’ मा हट एयर बेलुनमा उड्ने जोडीलाई १४ प्रतिशत छुट

    ‘भ्यालेन्टाइन डे’ मा हट एयर बेलुनमा उड्ने जोडीलाई १४ प्रतिशत छुट


    पर्यटन नेपाल

    मंगलबार, १ फाल्गुन २०८०


    काठमाडौँ । भ्यालेन्टाइन डेको अवसरमा हट एयर बेलुनले विशेष छुट दिएको छ ।

    नेपालमा एक मात्र हट एयर बेलुन सञ्चालन गरिरहेको बेलुन नेपालले भ्यालेन्टाइन डेको अवसरमा १४ प्रतिशत छुट अफर दिइएको हो । यो अफर फागुन ८(फेब्रुअरी २०) सम्म रहनेछ ।

    आधा घन्टा उडानको नेपाली पर्यटकले नौ हजार ५०० सय रूपैयाँ प्रति व्यक्ति तिर्नुपर्छ। जसको अहिले १४ प्रतिशत छुट पाउँदा नौ हजार १७० रूपैयाँ मा हट एयर बेलुन उड्न सकिने छ । छुट प्राप्त गर्न २ जनाको लागि बुकिङ गर्नु पर्नेछ ।

    जमिनको सतहबाट ९ हजार फिटसम्म उड्न सकिने यसबाट पोखरा सहर, फेवाताल, पुम्दीकोट र सराङकोटसँगै फराकिलो हिमश्रृंखला हेर्न सकिन्छ ।

    यस्तै फिसटेल, अन्नपूर्ण तथा धौलागिरी श्रृंखलाहरू तथा विभिन्न तालहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ । बेलुन आकारमा देखिने यसको ‘इनेभेलप’ भित्र पङ्खाले हावा भरिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend