logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:05 AM

  • सीताराम दर्शन तथा पर्यटन प्रवर्द्धन कार्यक्रम गर्दै होटल संघ

    सीताराम दर्शन तथा पर्यटन प्रवर्द्धन कार्यक्रम गर्दै होटल संघ


    पर्यटन नेपाल

    मंगलबार, १ फाल्गुन २०८०


    काठमाडौँ । होटल संघ नेपालले फागुन २० गतेदेखि २३ गतेसम्म (मार्च ३ देखि ६)सीताराम दर्शन तथा पर्यटन प्रवर्द्धन कार्यक्रम गर्ने भएको छ । भारतीय पर्यटकको आगमन बढाउन तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि संघले तीन दिनसम्म प्रवर्द्धनको कार्यक्रम गर्न लागेको हो ।

    भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा पश्चात विश्वको ध्यान त्यसतर्फ आकृष्ट भएको र यसबाट नेपालको खासगरी जनकपुर लगायत नेपालका अन्य हिन्दू पीठहरूको समेत अयोध्यासँग सानिध्यता कायम गरी वृहत प्रवर्द्धन र प्रचारप्रसार गरी बढीभन्दा बढी भारतीय पर्यटक नेपाल भित्र्याउने उद्देश्यले यो कार्यक्रम गर्न लागेको संघले जनाएको छ ।

    कार्यक्रममा भारतीय टूर अपरेटर तथा विशिष्ट व्यक्तित्वहरूका लागि धार्मिक महत्त्वका पशुपतिनाथ, मुक्तिनाथ, डोलेश्वर महादेव, हलेसी महादेवलगायत मन्दिर र पिठहरूबाट संकलित पवित्र जल प्रसादको अभिषेकले स्वागत गरिनेछ। साथै रुद्राक्षको मालासहितको अभिनन्दन र पशुपतिनाथको चन्दन तथा जनकपुरको प्रसाद वितरण गरिने संघले बताएको छ ।

    प्रचारप्रसार र पर्यटन प्रवर्द्धन कार्यका लागि होटल तथा पर्यटन व्यवसायीसहितको समूहले राम मन्दिरमा पूजा गर्नेछन् । जसले सीताको जन्मभूमी जनकपुर र अयोध्याको सदियौंदेखि रही आएको धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध झनै प्रगाढ भई धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउनेछ ।

    आगामी पर्यटकीय सिजनमा भारतीय पर्यटकहरूलाई विभिन्न धार्मिक पीठहरू र पर्यटकीय गन्तव्यहरूमा आकर्षित गर्ने उद्देश्यले सीमावर्ती भारतीय सहरहरू लगायत त्यस क्षेत्रका अन्य प्रतिष्ठित टुर अपरेटरहरूसँग लखनउमा बिटुबी तथा नेपाल प्रवर्द्धनका कार्यक्रम हुनेछन् ।

    साथै नेपाल प्रवर्द्धनमा साँझ भारतीय पर्यटक आकर्षित गर्ने प्याकेजसहितको कार्यक्रम पश्चात नेपाली रैथाने परिकार सहितको रात्रीभोज गरिनेछ ।

    यस कार्यक्रमबाट पोखराले गर्दै आएको ‘चलिए पोखरा’ र सौराहा चितवनले गर्दै आएको ‘घुमौं सौराहा’ जस्ता प्रवर्द्धनात्मक कार्यक्रमहरूलाई समेत टेवा पुग्ने संघको विश्वास छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend