सुर्खेत । नेपाल एयरलाइन्सले सुर्खेत विमानस्थल र सिमकोट विमानस्थलबाट पहिलो पटक परीक्षण उडान गर्ने भएको छ ।
एयरलाइन्सले बिहिबार (भोलि) हुम्लाको सिमकोटबाट सुर्खेतका लागि परीक्षण उडान गर्न लागेको हो ।
उडानका लागि भने सबै तयारी भइसकेको बताइएको छ । परीक्षण उडानपछि एयरलाइन्सले सुर्खेतबाट नै कर्णालीका विभिन्न जिल्लाहरू जुम्ला, हुम्ला, मुगु र डोल्पाका लागि उडान गर्ने छ ।
उडान परिक्षणका क्रममा नेपाल एयरलाइन्सको जहाजले नेपालगन्जबाट सिमकोटका लागि यात्रु लिएर जाने छ र सोहि जहाजले सिमकोटबाट सुर्खेतका लागि यात्रु लिएर जहाज सुर्खेत विमानस्थलमा अवतरण गर्नेछ ।