काठमाडौँ । श्री एयरलाइन्सको विमान सकुशल अवतरण भएको छ ।
बिहीबार (आज) साँझ सुर्खेतबाट काठमाडौँ आउँदै गरेको श्री एयरको विमानमा प्राबिधिक समस्या देखिएपछि काठमाडौँको आकाशमा बिमानले केहि फन्को मारेको थियो ।
उक्त जहाजमा समस्या आएका कारण इन्धन खपत गरेर मात्रै अवतरण गर्नुपर्ने भएपछि केही फन्का काठमाडौँ माथिको आकाशमा घुमाइएको थियो । एयरको फ्ल्यापमा समस्या देखिएपछि विमान चालकले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा आकस्मिक अवतरणको अनुमति मागेका थिए ।
जहाजमा ५२ जना यात्रु सवार थिए ।